दफा ६७
निरीक्षण गर्नु पर्ने
(१) महानिर्देशकले गरेको काम कारबाहीका सम्बन्धमा अर्थ मन्त्रालयले र भन्सार अधिकृतले गरेको काम कारबाहीका सम्बन्धमा विभागले वर्षमा एकपटक निरीक्षण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा अन्य कुराका अतिरिक्त निकासी वा पैठारी भएको मालवस्तुको महसुल वास्तविक रुपमा असुल उपर भए नभएको, दफा ३४ बमोजिम जाँचपास पछिको परीक्षण गरे नगरेको, दफा ७० बमोजिम प्रज्ञापनपत्र पुनरावलोकन गरे नगरेको, लिलाम बिक्री गर्नुपर्ने मालवस्तु समयमा लिलाम बिक्री गरे नगरेको, छुट भएको राजस्व रकम यथाशीघ्र असुल गरे नगरेको समेत निरीक्षण गरी सोको प्रतिवेदन मन्त्रालयले निरीक्षण गरेको भए मन्त्रिपरिषद् र विभागले निरीक्षण गरेको भए अर्थ मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रतिवेदन प्राप्त भएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई र अर्थ मन्त्रालयले विभागलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिमको निर्देशन पालना भयो भएन भन्ने सम्बन्धमा अर्थ मन्त्रालयले अनुगमन गर्नेछ र उपदफा (२) बमोजिम मन्त्रिपरिषद्मा पेश गर्ने प्रतिवेदनमा सो सम्बन्धी कुरा समेत उल्लेख गर्नेछ ।